TodayPati

बडहडी खोलामा अवैध उत्खनन गर्ने दुईवटा जेसिबी नियन्त्रणमा, जनप्रतिनिधिले छाड्दै

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका क्षेत्रमा पर्ने बडहडी खोलाको किनारमा अवैध गिट्टीबालुवा उत्खनन गर्ने दुईवटा जेसिबी नियन्त्रणमा लिएको छ ।

बटेश्वर गाउँपालिका १ चित्रपुरभन्दा पश्चिम बडहडी खोलाको किनारमा निजी जग्गामा भन्दै १५ फिट गहिरोसम्म मापदण्ड विपरीत ग्राइभेल खनिरहेको अवस्थामा ज १ क ५९० र नमबर नभएको दुईवटा जेसिबी नियन्त्रणमा लिएको हो ।

Sponsored

दुईवटै जेसिबी शुक्रबार साँझ इप्रका प्रहरी कायार्कलय सखुवा महेन्द्रनगर र बटेश्वर प्रहरीचोकीको संयुक्त गस्तीटोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिलक सुनारले टुडेपाटीलाई जानकारी दिए ।
दुईवटै जेसिबी कारबाहीको लागि अहिले बटेश्वर प्रहरीचोकीमा राखिएको छ । जेसिबी जिल्ला समन्वय समिति धनुषाको जिम्मा लगाइने उनले बताए ।

यसअघि पनि सोहि स्थानबाट उत्खनन गर्ने जेसिभी, स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको थियो । तर बटेश्वर गाउँपालिका कार्यालयले समान्य जरिवाना गरी भछाड्ने गरेका छन् ।
कमिसनको सेटिंगमा जनप्रतिनिधिकै मिलेमतोमा खोला उत्खनन भइरहेकाले अनुगमन नगर्ने, प्रहरीले पक्रेर ल्याउने उपकरण समेत छुटाउने गरेको श्रोतले बताएको छ ।

गएको वर्ष विजयपुर टोलका युवाहरु सोहि स्थानमा उत्खनन रोक्न जाँदा उत्नन गर्नेहरुको समूहले रड प्रहार गरी स्थानीय संजय महतोलाई ज्यानै लिने गरीरडले टाउको लगायत शरीको भागमा आक्रमण गरेका थिए । गम्भीर घाइते भएका संजय काठमाडौंमा लामो उपचारपछि अहिले पनि घरमा औषधि खाइरहेका छन् । तर जनप्रतिनिधि र प्रहरी प्रशासनले आक्रमण गर्नेहरुलाई कारबाही गर्नुको साटो उपचार खर्चमा मिलाइएको थियो ।

Sponsored

गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख घुसकाण्डपछि तीन महिनादेखि फरार छन् । खोला खन्ने गाउँकै गाउँपालिका उपाध्यक्ष रहेकी प्रमिलादेवी महताले आफुलाई खोलामा अवैध उत्खनन भइरहेको विषयमा केहि थाहा नभएको प्रतिक्रिया दिइन् ।
जवकी दिनरात बडहडी खोलामा जेसिभी, स्काइभेटर प्रयोग गरी दैनिक संयौ टिपर गिट्टी बालुवा अवैध उत्खनन हुने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *