TodayPati

प्रदेश २ सहित देशका यी स्थानहरुमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यासको कारण केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ । यास चक्रवात भारतीय जमिनमा प्रवेश गरी कमजोर क्रममा विकसित प्रणालीको प्रभावले नेपालमा वर्षा र हिमपात भइरहेको छ ।

यसै क्रममा प्रदेश २ सहित देशका धेरै स्थानमा वर्षासहित हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sponsored

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा आंशिक बदली, समान्य बदली रहेको स्थानहरुमा हावाहुरी, चट्यांग, मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज रातिको समयमा देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन ÷ चट्याङ्ग ÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १÷२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानाएको छ । यी स्थानहरुमा सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

Sponsored

देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिलेभीरपाखा ,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १५ गते  (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ १६ गते  (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ १७ गते  (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बागमती र प्रदेशका १ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *