TodayPati

धनुषामा किशोरीमाथि सामूहिक बलात्कार, पञ्चायती गरेर काण्ड गाउँमै मिलाउन दबाब

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

धनुषामा एक १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार प्रयास गरेको छ । सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाको समूहले युवतीलाई बलात्कार प्रयास गर्दै भिडियो समेत खिचेको पीडितले जानकारी दिएकी छन् ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय सवैलामा जेठ १३ गते आरोपित तीन युवाविरुद्ध उजुरी दर्ता गराएकी छन् । जेठ १२ गते दिउँसो खेत गएकी युवतीलाई गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले आफुलाई बलात्कार प्रयास गरेको पीडित युवतीले बताइन् ।

Sponsored

घटना लगत्तै आरोपित तिनै जना युवाहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सवैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।

पीडित परिवारलाई घटना गाउँमै मिलाउने दबाब स्थानीय नेताले दिँदै आएको बताइएको छ ।

जेठ १२ गते घटना भएतापनि पीडित पक्षलाई दवाव दिदै गाउँमै मिलाउने प्रयास भई रहदा प्रहरीलाई गएको गोप्य सुचनापछि घटना सार्वजानिक भएको हो । पञ्चायतमै प्रहरीको टोली पुगेर पीडित किशोरीलगायत पञ्चायतमा सलग्न ३/४ जनालाई लिएर इलाका प्रहरी कार्यालय सवैला प्रहरी गएका थिए ।

Sponsored

प्रहरीमा दवाव गएपछि पीडितले इलाका प्रहरी कार्यालय सवैलामा उजुरी दर्ता गराउने गरि घटना मिलाउने प्रयास गरेको नेताहरु बाहिरिएका स्थानीय एक युवाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “धनुषामा किशोरीमाथि सामूहिक बलात्कार, पञ्चायती गरेर काण्ड गाउँमै मिलाउन दबाब

  • May 28, 2021 at 4:19 pm
    Permalink

    इन्सपेक्टर साब नमस्कार
    के अदि बलतकृत तो नेता को छोरी चेली भए गाउँ मा मिलाउ थियो त?

    Reply
  • May 28, 2021 at 4:30 pm
    Permalink

    Yo ghatna adalat samm puryaunu paryo
    r doshi lie kda karwahi grnu paryo

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *