धनुषामा कारागार पठाउनुपर्ने ५ कैदीबन्दीमा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, वैशाख २२ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २२ देखि ४० वर्ष उमेर समूहका छन् ।
हिरासत कक्षमा रहेका कारागार पठाउनुपर्ने ७ जनामध्ये ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
‘कारागार पठाउनुपर्ने बन्दी मध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले बताए ।
संक्रमित कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयभित्रै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको एसपी रानाभाटको भनाइ छ ।
Sponsored