प्रदेश २ मा बुधबार ४७८ जनामा कोरोना पुष्टि, धनुषाकै १४० जना
टुडेपाटी
जनकपुरधाम, वैशाख २२ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनास्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र सिंह सगरमाथा अस्प्ताल राजविराज र नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाब परिक्षणमा बुधबार ४७८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थय निर्देशनालयले जनाएको छ ।
जसमा सबभन्दा बढी धनुषामा १ सय ४० जना संक्रमित फेला परेका छन् । यस्तै पर्सामा १२५ जना, महोत्तरीमा ४८ जना, सिरहामा ४२ जना, बारामा ४१ जना, सप्तरीमा ३५ जना, रौतहटमा २४ जना र सर्लाहीमा १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित भेटिएका मध्ये महिला १३५ जना र पुरुष ३४३ जना छन् । यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ३ हजार ७८० पुगेको निर्देशनालयले जनाएको छ ।
Sponsored