कोरोनाबाट थप ५८ जनाको मृत्यु, ८६५९ जनामा संक्रमण पुष्टि
टुडेपाटी-
जनकपुरधाम, वैशाख २२ गते ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ४ हजार ७६४ संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५८८ होम आइसोलेसनमा छन् ।
देशभरबाट १ हजार ९९३ सक्रमणमुक्त भएका छन् ।
Sponsored