TodayPati

जनकपुरमा बसको ठक्करबाट एकाबिहानबै एक महिलाको ज्यान गयो

दिपक मिश्र-
जनकपुरधाम, वैशाख १३ गते ।

जनकपुरमा यात्रुबाहक बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने वर्ष ६८ की बेच्नीदेवी मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

मण्डललाई बाटो काट्ने क्रममा सोमबार बिहान ६ बजे जनकपुरबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार गलत साईडबाट बाटो क्रस गर्दा ठक्करबाट महिलाको मृत्यु भएको हो ।

बस र चालक नियन्त्रणमा रहेको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *