TodayPati

कोरोना फैलिएपछि बाँके र बर्दियामा आजरातिदेखि लकडाउन

टुडेपाटी-
बाँके, वैशाख १३ गते ।

कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा एकसाता लकडाउन घोषणा गरिएको छ । सोमबार (आज) मध्य रातिदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हो ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

Sponsored

सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने उनले बताए ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *