शहिदनगर नगरपालिकाका सामुदायिक तथा निजि विद्यालयहरु बन्द
टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।
धनुषाको शहिदनगर नगरपालिकाका सबै सामुदायिक तथा निजी विद्यालयहरु बिहीबारदेखि बन्द गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना(कोभिड-१९) भाइरसका कारण बुधबारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार नगरपालिकाकाले बन्द गर्न निर्णय गरिएको हो ।
नगरपालिकाले जारीको सूचनामा ‘यस नगरपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा निजि क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरुको पठनपाठन २०७६ चैत मसान्त सम्म बन्द गर्नको लागि सम्बन्धित सबैमा जानकारी तथा कार्यान्वयनको लागि यो सचूना प्रकाशित गरिएको’ भनि उल्लेख छ ।