TodayPati

प्रदेश २ मा सुरु भयो पेट्रोलमा कालोबजारी, पेट्रोलसहित ३ जना गिरफ्तार

टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।

सप्तरीमा विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरुङगा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत छनु ।

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १ सय २० का दरले बिक्री वितरण गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ̣।

Sponsored

पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय कडरबोनामा राखी पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाही थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “प्रदेश २ मा सुरु भयो पेट्रोलमा कालोबजारी, पेट्रोलसहित ३ जना गिरफ्तार

  • March 20, 2020 at 10:06 am
    Permalink

    Pradesh no.2 kai dhanushako shahidnagarma pani petrol ko kalobazari tytikai xa petrol pumpharuma pani tokiyeko tare vanda badhi mulayma bechnu ra pasalharuma pani prati litter 120 ko darle bechirakheko x atar yahalko prashan ra janpratinidhiharu maun xa

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *