TodayPati

प्रदेश २ : नाकामा ‘हेल्प डेस्क’

टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण चेक जाँच गर्न प्रदेश २ संग जोडिएका नेपाल-भारत सीमानाकामा हेल्प डेस्क स्थापना गरिएको छ ।

प्रदेश २ का वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा हेल्प डेस्क सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालय जनकपरधामले जनाएको छ ।

त्यसैगरी, प्रदेशभित्रका अस्पतालमध्ये नारायणी, वीरगञ्ज अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, नेशनल मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर र प्रादेशिक अस्पताल जनकपुरधाममा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा विजय झाले बताए ।

Sponsored

उनका अनुसार प्रदेशभित्रका नाकाबाहेक बढी जमघट हुने स्थल जानकी मन्दिर, बसपार्क र विमानस्थलमा समेत स्वास्थ्य कक्ष राख्ने निर्णय गरिएको हो । भाइरस सङ्क्रमण आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापनाका लागि स्थानको खोजी भइरहेको पनि बताइएको छ ।

कोरोना भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र राष्ट्र संघीय बालकोष सहितका प्रतिनिधिको समिति पनि गठन गरिएको उनले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *