TodayPati

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आजदेखि दिन अनुसार पालिकालाई सेवा दिने, तपाईको पालो कहिले ?

टुडेपाटी-
सर्लाही, वैशाख १२ गते ।

बढ्दै गएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार (आज)देखि पालिकाहरुलाई पालैपालो सेवा प्रवाह गर्ने भएको छ ।

सर्लाही प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक तालिकासहितको सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

Sponsored

तालिका अनुसार आइतबार चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिका र बसबरिया गाउँपालिकालाई सेवा प्रवाह गर्ने छ । सोमबार गोडैता नगरपालिका, चन्द्रनगर गाउापालिका र वडा नंं १ बाहेक हरिपुर नगरपालिकालाई सेवा प्रवाह गर्ने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै मंगलबार ब्रह्मपुरी गाउँपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिकाका जनताले सेवा लिने पालो परेको छ ।

बुधबार कविलासी नगरपालिका, धनकौल गाउँपालिका र इश्वरपुर नगरपालिकाको वडा नं. १३,१४ र १५ लाई सेवा दिने छ । बिहीबार कोडेना गाउँपालिका र मलंगवा नगरपालिकाको सेवा लिने पालो परेको छ भने शुक्रबार हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकालाई सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र अभियान संचालन रहेका पालिकाको सेवा दैनिक रुपले प्रवाह गर्नुको साथै शान्ति सुरक्षा, मुद्दा मामिला, विपद् र दुर्घटना सम्बन्धी सेवा समेत दैनिक प्रवाह गर्ने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *