TodayPati

भारतमा कोरोना कहर : एकै परिवारका ४ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, वैशाख १२ गते ।

भारतको महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रणबाट एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । आठ दिनको अन्तरमा मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा छन् ।

परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

Sponsored


भारतीय मिडिया दैनिक भास्करका अनुसार मृत्यु हुनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय छन् ।
उनीहरु एउटै घरमा बस्दै आएका थिए । तर बेड अभावमा उनीहरुको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरहरुका अनुसार सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । त्यसपछि छोराहरु श्यामसुन्दर र विजयले पनि संसार छाडे । श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ । उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरुको भनाइ छ ।

पुणे जिल्लाका अस्पतालहरुमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ । हालसम्म ११ हजार ७८० जनाको मृत्यु भइसकेको छ । जिल्लामा मृत्यु दर १.५४ प्रतिशत र संक्रमणबाट मुक्त हुने दर ८५.११ प्रतिशत रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *