TodayPati

सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख १२ गते ।

सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

ज्यान जानेमा रामनगर गाउँपालिका ५ बिर्ताकम ३२ वर्षीय इन्द्रजीत राय छन् ।

Sponsored

उनलाई काठमाडौंतर्फ लग्ने क्रममा शनिबार  बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्युु भएको हो ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *