औहरी नगरपालिका – २ मा मल विक्रेता नियुक्ति विवाद, वडा कार्यालयमा तालाबन्दी
टुडेपाटी-
महोत्तरी, वैशाख १० गते ।
महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तालाबन्दी भएको छ । वडाध्यक्ष बिनोद पजियारले रसायनिक मल बिक्रेता नियुक्तिमा मनोमानी गरेको भन्दै आक्रोशित स्थानीयबासीले बिहीबार वडा कार्यालयको मूलद्वारमा तालाबन्दी गरेका छन् ।
रसायनिक मल बिक्रेता नियुक्ति गर्दा सम्बन्धित वडामा सञ्चालित कृषि सहकारी संस्थालाई प्राथमिकता दिनुपर्ने प्रावधान भएपनि वडाध्यक्ष पजियार प्रलोभनमा परेर अरु वडामा सञ्चालित सहकारी संस्थालाई सिफारिस गरको स्थानीयको आरोप छ ।
वडा कार्यालयमा स्थानीयले लगाएको ताला करिब २ घण्टापछि प्रहरी प्रशासन लगाएर वडाध्यक्ष पजियार तोडेका छन् । अध्यक्ष पजियारले प्रहरी भने तालाबन्दी गरेको स्थानीयले नै ताला खोलेको दावी गरेका छन् ।
आफुले कसैलाई पनि सिफारिस नगरेको र आफुमाथि लगाइएको आरोप सरासर गलत भएका दावी गर्दै वडाध्यक्ष पजियारले रसायनिक मल बिक्रेता नियुक्ति प्रदान गर्ने निकाय नगरपालिकाको उपप्रमुख भएको तर्क गरे ।
औरही नगरपालिकाले रसायनिक मल बिक्रेता नियुक्ति गर्न २०७७÷७÷१९ गते प्रथम पटक सूचना प्रकाशित गरेपनि विविध कारणले निर्णयमा पुग्न नसकेपछि मिति २०७७÷११÷२३ मा कार्यापालिकाको बैठकले रसायनिक मल बिक्रेता छनौट गर्ने अधिकार सम्बन्धीत वडा कार्यालय सुम्पिदै दोस्रो पटक सूचना प्रकाशित गरेको थियो ।
Sponsored
प्रथम पटक सूचना प्रकाशित भएकै बेला वडा नम्बर २ मा सञ्चालित साना किसान सहकारी संस्था लिमिटेडका सञ्चालक जयकिशोर यादवले सम्पूर्ण कागजातसहित आवेदन दर्ता गराएका थिए । साना किसान सहकारीका सञ्चालक यादवले बताएअनुसार दोस्रो पटकको विज्ञापन अवधिसम्म पनि अरु कसैले आवेदन दर्ता नगराएकाले र एक्लो आवेदनकर्ता भएकोले नियुक्ति आफुले पाउनुपर्ने दावी गरेका थिए । तर वडा अध्यक्ष पजियार विज्ञापन अवधि समाप्ति पश्चात वडा नम्बर १ मा सञ्चालित साह कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक शुसिल साहलाई सिफारिस गरेका छन् ।
वडाध्यक्ष पजियारले नियम विपरीत नातागोतामा पर्ने साह कृषि सहकारी संस्थाका सञ्चालक साहलाई बिक्रेता नियुक्तिको सिफारिस गरेको आरोप साना किसान सहकारीका सञ्चालक यादवले लगाएका छन् ।