वीरगञ्जमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी-
वीरगञ्ज, वैशाख १० गते ।
वीरगञ्जमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरू संक्रमित भएका हुन् ।
संक्रमित हुनेमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जना छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् । एक जना भेन्टिलेटरमा छन् । अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको उनले बताए ।