TodayPati

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसद एमालेबाट निकालिए

टुडेपाटी-
काठमाडौं, वैशाख १० गते ।

नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ ।

शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।

Sponsored

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *