TodayPati

जनकपुर विमानस्थलबाट अवैध रुपैयाँसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।

जनकपुर विमानस्थलबाट तीन लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मंगलवार दिउँसो १ बजे श्री एयरलाइन्सबाट काठमाडौं जान लागेका यात्रुहरुलाई जाँच गर्दा भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत ९ बस्ने २० वर्षीय शिवम कुमारलाई तीन लाख भारुसहित पक्राउ गरेको जनाएको छ ।

Sponsored

प्रहरीले उनले बोकेको झोलाबाट २ हजारका १५० थान नोट बरामद गरेको छ । उनमाथि थप कारबाहीको लागि बरामद गरिएको रकमसहित शिवमलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *