पर्सामा गहुँको खेतमा दुईवटा बोराभित्र १५ किलो चरेस बरामद
टुडेपाटी-
पर्सा, चैत २९ गते ।
पर्साको कालिकामाई गाउँपालिकाबाट १५ किलो लागुऔषध चरेस बरामद भएको छ ।
कालिकामाई गाउँपालिका–१ तिनडुबियास्थित गँहुबारीबाट उक्त परिमाणको चरेस बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा आइतबार इलाका प्रहरी कार्यालय कालिकामाईबाट गएको प्रहरी टोलीले गहुँको खेतमा दुईवटा बोराभित्र रहेको चरेस बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
बरामद भएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको तथा चरेस छाडी जाने व्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको उनले बताए ।
Sponsored