TodayPati

प्रदेश २ सहित देशभर दुई सातामै २७१ बालबालिका संक्रमित, संक्रमितमा निलो दाग र रक्तश्राव पनि

टुडेपाटी-

काठमाडौँ, चैत ३० गते ।

प्रदेश २ सहित देशभर पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ ।

Sponsored

शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् ।

उनले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन । यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ ,’ उनले भने ।

चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना अर्थात् ७.९५ प्रतिशत छन् ।

Sponsored

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चैत २६ मा संक्रमित देखिएमध्ये १५.३६ प्रतिशत बालबालिका थिए ।

त्यो दिन ३ सय ३३ जनालाई संक्रमण देखिएको थियो । संक्रमण पुष्टिमध्ये चैत २१ मा ८.८९, २२ मा ७.९७, २३ मा ६.०२, २४ मा १० प्रतिशत बालबालिका छन् ।

संक्रमित बालबालिकाको हिस्सा चैत २५ मा ८.३९ प्रतिशत रहेकामा चैत २६ मा बढेर १५.३६ प्रतिशत पुग्यो । यस्तै, चैत २७ मा ११.८० र चैत २८ मा संक्रमितमध्ये ८.३ प्रतिशत बालबालिका रहेको अधिकारीले बताए ।

आइतबार भने संक्रमित बालबालिकाको हिस्सा ५.९४ प्रतिशत छ । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको विशेषज्ञ बताउँछन् ।

नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए ।

ईडीसीडीका निर्देशक डा. पौडेलले आइतबार २–३ वर्षका बालबालिकामा समेत संक्रमण देखिएको बताए । ‘लक्षण भएका, शल्यक्रिया गर्नुपर्ने र विदेश जाने व्यक्तिको पीसीआर गर्दा कोरोना देखिने गरेको छ,’ उनले भने, ‘परीक्षणको दायरा बढाउने हो भने संक्रमित अझै बढ्छ ।’

संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरका छन् । उनका अनुसार चैत १२ देखि २९ सम्म संक्रमित बालबालिकामध्ये प्रदेश १ र २ मा १३–१३ र वाग्मतीमा १ सय ६६ जना छन् ।

गण्डकीमा ५५, लुम्बिनीमा १७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ जना बालबालिकालाई संक्रमण देखिएको छ । ईडीसीडीले कोरोना पोजिटिभ देखिएकाको नमुनालाई पुनः परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि ल्याउने गरेको छ ।

परीक्षणका क्रममा यूके भेरिएन्ट एसजिन नेगेटिभ भएको संक्रमित अत्यधिक भेटिएको डा. पौडेलले बताए । ‘संक्रमितमध्ये ६० प्रतिशतमा यूके भेरिएन्ट देखिएको छ,’ उनले भने, ‘यूके भेरिएन्ट भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्रै २२ प्रतिशत छन् ।

४ प्रतिशत त १० वर्ष मुनिका बालबालिका छन् ।’ उनका अनुसार पोखरामा भेटिएका संक्रमितमध्ये ५० प्रतिशतमा यूके भेरिएन्टको एसजिन नेगेटिभ छ । यू

के भेरिएन्ट भेटिएका संक्रमितमध्ये १० वर्षभन्दा कम उमेरका ६ प्रतिशत छन् । डा। पौडेलका अनुसार काठमाडौं उपत्यकामा एसजिन नेगेटिभ भएका १० देखि २० वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका छन् । यूके भेरिएन्ट भएका १० वर्षभन्दा कम उमेर समूहका ६ प्रतिशत छन् ।

कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेष एवं पीआईसीयूका प्रमुख डा.जोशीले ५ दिनसम्म लगातार १ सय ४ डिग्री सेल्सियस ज्वरो आउनुका साथै झाडाबान्ता र खोकी लागेर बिस्तारै सुस्ताउँदै गए कोरोनाको लक्षण हुन सक्ने बताए ।

उनका अनुसार कतिपयलाई रक्तस्राव पनि हुन्छ । ‘शरीरका विभिन्न भागमा नीलो दाग देखिन्छ,’ डा. पौडेलले भने, ‘नाक वा मुखबाट रगतसमेत जाने समस्या भए कोरोना लागेको हुन सक्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *