धनुषाको लक्ष्मीनियाँमा महिलालाई पशुपालन तथा उपचार तालिम सुरु
टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।
धनुषाको लक्ष्मीनियाँमा पशुपालन व्यवस्थापन तथा उपचार तालिम सुरु भएको छ ।
महिला साना किसान तथा कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबारदेखि लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा दुई दिवसीय तालिम सुरु भएको हो ।
स्थानीय स्त्तरमा महिला उद्यमको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका प्रवन्धक सरोज यादवले जानकारी दिए ।
उनका अनुसार संस्थाकी अध्यक्ष बबिता यादवले उद्घाटन गरेको तालिममा इच्छुक सदस्यहरुको सहभागिता रहेको छ । न्युनत शुल्कमा महिला उद्यमको गर्नका लागि आफ्ना सेयर सदस्यको लागि तालिमको आयोजना गरिएको छ ।
Sponsored
पहिलो दिनको तालिममा नुतनकुमारी मिश्रा र सरोज यादवले सहभागि महिलाहरुलाई प्रशिक्षण दिएका छन् ।
यस्तै, दोस्रो दिन पशु विज्ञ इन्द्रदेव साह, भेटनरी अधिकृत राजकुमार साह र साना किसान रघुनाथपुरका प्रबन्धक दिपनारायण पुर्वेले दिने आयोजक संस्थाले जानकारी दिए । आयोजक संस्थाका प्रबन्धक यादवले पशुपालन कर्जा र पशु विमाको महत्तव सम्बन्धि प्रशिक्षण दिएको थियो ।
संस्थाले सदस्यहरुको लागि नयाँ योजनासमेत ल्याएका छन् । अगामी दिनमा संस्थाले एसईपी परियोजना अन्तरगत बैदेशिक रोजगारीमा जाने मानिसलाई विना धितो ऋणको व्यवस्था गर्नुको साथै विभिन्न दश शिर्षकमा तालिम पनि दिने बुझिएको छ ।
संस्थाका प्रबन्धक यादवका अनुसार माछापालन र कुखुरापालन गर्ने किसानको लागि सुल्भ ऋण र बजारको व्यवस्था गर्ने छन् । त्यस्तै, तरकारी खेती गर्ने किसानको लागि नेपाल कृषि सहकारी केन्द्रीय संघको सहयोगमा बजारको वयवस्था गर्ने प्रबन्धक यादवको भनाई छ ।