TodayPati

जनकपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।

जनकपुरमा एम्बुलेन्सको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ मा एम्बुलेन्सको ठक्करबाट स्थानीय २४ वर्षीय बसन्त कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएका झाको जनकपुरस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *