TodayPati

धनुषा : यौनशिक्षाको अभावमा असुरक्षित गर्भपतन बढ्यो

प्रतिभा झा-

जनकपुरधाम, चैत २१ गते ।

धनुषाको सरु ठाकुर–२० (नाम परिवर्तन) ले पटक पटक गर्भपतन गराउँदा पाठेघर नै फाल्नु परेको छ । उनले अनेच्छित गर्भ बस्दा ५ पटक गर्भपतन गराईन ।

Sponsored

उमेर कम र ज्ञानको अभाव त्यसमाथी लोकलाजले गर्दा उनी आफु गर्भवति भएको कुरा बाहिर ल्याउन चाहिनन् । परिवारले थाहा पायो भने गालीगलौज गर्ने डरले सरु चिकित्सकको सल्लाह नै नलिई गर्भ समाप्त गर्ने औषधि किनेर खाईन् ।

पहिलो गर्भ बसेको बेला मात्र १६ वर्षकी सरुलार्ई सुरक्षित गर्भपतन गर्न के गर्ने के नगर्ने बारे थाहा थिएन । भने लोकलाज र लाञ्छनाको त्रासले उनलाई असुरक्षित गर्भपतन गर्ने बाटो तर्फ डो¥यायो ।

सरु भन्छिन्, “गर्भनिरोधक साधनप्रयोग नगरेकोले आफु ५ पटक गर्भवति हुन पुगेको र गर्भसमाप्त गर्न असुरक्षित बाटो नै रोजेँ । परिवार र समाजले अविवाहित महिलामा गर्भ बसेको थाहा पाउँदा स्वीकार नगर्ने तथा आफु सहित परिवारलाई समेत गालीबेईज्जती गर्ने डरले म मेरो कुरा कसैलाई भन्न सकिन ।”

Sponsored

सरुको लागि किशोरी अवस्थामा गर्भवति भएको कुरा बाहिर ल्याउन सम्भव पनि थिएन । यस्तै, पटक पटक औषधिको प्रयोग गर्दा उनको शरिरमा रं गतको अभाव हुन पुग्यो र उनी शरिरले लथारिइन् । पछी चिकित्सकमा जाँदा उनको रगतमा अत्याधिक संक्रमण भएको पत्ता लाग्यो । जसले गर्दा प्रत्येक साता शरिरको रगत फेर्नु पर्ने अवस्थाको सृजना भयो ।

पं्रत्येक साता रगत फेर्नु पर्ने, पारिवारिक कलह, आर्थिक तंगी र गालीबेईज्जतीले उनलाई शारिरीक संगै मानसिक रुपमा थप पीडित बनायो । पछी पाठेघर समेत संक्रमित भएको र निको नहुने भएकोले पाठेघरलाई काटेर हटाईयो । अहिले उनी २० वर्ष पुगिन र उनी लाञ्छना सहितको जिवन तथा हेपाई दृष्टिबाट टाढा बस्न विद्यालय जान समेत छोडेकी छिन् ।

र पाठेघर विनाको शरिरले आमा बन्न नसक्ने हुँदा विवाह नगर्ने निधो गरेकी छिन् । घरमा खुलेर यौनशिक्षा बारे कुरा नहुने वातावरण, समाजबाट लाञ्छना लगाउने डर र विद्यालयमा समेत यौनशिक्षाबारे खुलेर अध्ययनअध्यापन मा चासो नदिईएकोले आफुधेरै कुरा जान्न नसक्दा यस्तो कदम उठाईसकेको सरु रुग्न हुँदै भन्छिन् ।

यौन शिक्षामा जनचेतना अभावले असुरक्षित गर्भपतन बढ्दै

यता, यौनशिक्षाबारे जनचेतनाको अभाव, सुरक्षित गर्भपतनबारे शिक्षामा विद्यालयले समेत चासो नदिईएकोहुँदा सरु जस्तै धेरै किशोरीहरु यसबारे अनभिज्ञ रहेको स्वास्थ्यकर्मी निलु झा बताउँछिन् ।

नर्सिंग पेसामा आवद्ध झाले स्वास्थ्य संस्थामा दिनहुँ ४/५ जना गर्भपतन गराउन आउने गरेको र ति मध्ये ४ जना औष्धि खाएर असुरक्षित गर्भपतन गरिसकेको र ‘कम्पलीकेशन्स’ भएपछी मात्र आउने गरेको बताउँछिन् ।

गर्भपतन गराउन आउँने गरेका प्राय किशोरी उमेरकाहरुमा असुरक्षित गर्भपतनले संक्रमण देखिएको स्वास्थ्यकर्मी झाको भनाई छ । किहोरी तथा युवतिहरुलाई सुरक्षित बनाउन शिक्षकहरुलाई पनि यसबारे अभिमुखिकरण दिन जरुरि रहेको उनको कथन छ ।

महोत्तरीकी पुनम मिश्राले ४ पटक गर्भपतन गराईन् । २ पटक अस्पतालमै गएर सुरक्षित गर्भपतन गराएपनि ३ पटक उनले घरमै औषधि प्रयोग गरेर गर्भपतन गरिन् । ४५ वर्षटेकेकी उनको ६ वटा छोरी छ । छोरा पाउने आशामा उनको ६ वटा छोरी जन्मिसकेको र अझै छोरा पाउन उनी गर्भराख्ने गरेकी छिन् ।

पछिल्लो ४ पटकको गर्भपतन भु्रणको पहिचान छोरीको रुपमा हुँदा गराएको उनि स्वीकारछिन् । घरपरिवारको दवाव छोरा पाउनै पर्छ, अनि आफ्नो बुढेशकालको सहारा छोरा हुने भने आशायले ४५ वर्ष भईसक्दा पनि गर्भनिरोधक औषधि सेवा नलिएको उनी बताउँछिन् ।

“पहिलो गर्भपतन गराउँदा चिकित्सकको सल्लाह अनुसार सुरक्षित गर्भपतन गराएँ तर दोस्रो र तेस्रो पटकमा लाज र लाञ्छना लाग्ने डरले औषधि किनेर खाएँ । आफुलाई औषधि खाने उपयुक्त समय बारे थाहा थियो । त्यहि भएर घरमै औषधि सेवन गरेँ ।

गर्भपतन गर्दा रगतश्राव बढि भएपनि निको भएँ तर चौथो पटक गर्भ बस्दा औषधिले काम गरेनरहेछ अनि अत्याधिक रक्तश्रावले गर्दा चिकित्सकले शरिरमा रगतको कमी भएको बताए र मैले अस्पतालमा भर्ना हुनु पर्यो ।” उनले आफ्नो व्यथा सुनाउँदै भन्छिन् ।

अहिलेको अवस्थामा उनको शरिरले जवाफ दिइसकेको छ, भने चिकित्सकले उनको पाठेघरमा प्वाल परेको बताएका छन् । छोरा पाउनै पर्ने पारवारिक र समाजिक दबाब तथा गर्भपतन गराउन जाँदा लाग्ने नानाथरिका लाञ्छनाले उनी घरमै गर्भपतन गरिन । गर्भपतन गराउन जाँदा आफुलाई समाजले पाप गरेको भन्ने डरले उनी असुरक्षित गर्भपतन गरेको भन्छिन् ।

यता, स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलका अनुसार सुरक्षित र असुरक्षित गर्भपतन मध्ये असुरक्षित गर्भपतन गर्नेको संख्या बढि देखिन्छ । डा. मण्डल भन्नुहुन्छ, “चिकित्सक अथवा स्वास्थ्यकर्मीको सल्लाह लिएर गराउने गर्भपतन सुरक्षित गर्भपतन हो तर चिकित्सकको सल्लाह नलिइकनै औषधी खाईदिने र अप्ठ्यारो भएपछी मात्रै अस्पतालसम्म पुग्नेको संख्या बढि छ ।”

असुरक्षित गर्भपतन रोजेका महिलाहरु मध्ये बढिमा पाठेघरमा संक्रमण अथवा भ्रुण राम्ररी बाहिर ननिस्कदाँ विरामी मात्र नभई चिकित्सकलाई समेत अप्ठ्यारो हुने गरेको डा. मण्डल बताउँनु हुन्छ । डा. मण्डल भन्नुहुन्छ, “यदि महिलामा Ectopic pregnancy÷Tubal pregnancy छ, भने यस्तो अवस्थामा औषधि खाँदा ट्युव फुट्ने सम्भावना  High हुन्छ, र यस्तो अवस्थामा तुरुन्तै ‘ऑपरेशन’ गरिएन भने विरामिको ज्यान समेत जान सक्छ ।

तरपनि तराईमधेशतिरको ‘लोकालिटी’मा प्रायले चिकित्सकको सल्लाह नलिइकनै औषधि पसलमा जाने र औषधि खाने गरेका छन् ।” पछिल्लो दिनमा घरमै गर्भपतन गर्ने र ‘कम्पलीकेशन्स’ भएपछी अस्पताल आउनेहरुको संख्या एकदमै बढेको उहाँको भनाई छ ।

महिलाले गर्भपतन गराउँदा असुरक्षित बाटो रोज्नुमा परिवारको समेत भुमिका रहेको उहँ थप्नु हुन्छ । यसपछाडीको कारण सुरक्षित गर्भपतनबारे जनचेतनाको कमी, शिक्षा अभाव रहेको जसले माहिला, युवति तथा किशोरीहरु असुरक्षित रहेको उनको कथन छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन, २०७५ ले लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउने कार्यलाई अपराध मानेपनि निजी स्वास्थ्य संस्थाहरु, ‘अल्ट्रासाउण्ड सेन्टर’ तथा निजी क्लिनिकहरुमा यस्तो कार्यहरु गरेको पाईएको छ, तर वास्तविक तथ्यांक भने छैन । सुरक्षित गर्भपतन स्वास्थ्य सेवाहरु सबै जिल्लामा निशुल्क उपलब्ध छन् तर सेवा लिनलाई स्वास्थ्य संस्थासम्म पुग्नेको प्रतिशत भने न्युन देखिएको छ ।

नि : शुल्कगर्भपतन सेवा लिनेमा समेत कमी

परिवार नियोजन संघ धनुषाको पछिल्लो वर्ष २०२० को तथ्यांक हेर्दा एक वर्षमा ४२२ जनाले premedical counselling सेवा लिन आएको देखिन्छ । जसमध्ये ३९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्, यीमध्ये १३१ जनाले medical abortion १५ देखी १९ वर्षको किशोरी २०, २० देखी २४ वर्षको ४१, २५ देखी २९ वर्षको ३९र ३० देखी ३४ वर्षको २४ जना रहेको छ भने ३५ देखी ३९ वर्षको महिलाको संख्या न्युन ७ मात्र रहेको देखिन्छ ।

यस्तै, २६० जनाले surgical abortion गराएको तथ्यांक मध्ये २५ देखी २९ वर्षको महिलाको संख्या ‘८१’ एकदमै बढि देखिन्छ, भने १५ देखी १९ को २५, २० देखी २४ वर्षको ५९, ३० देखी ३४ वर्षको ६९, ३५ देखी ३९ को २१ र ४० देखी ४४ को ५ देखिएको छ ।

जबकी धनुषाकै निजी क्लिनिकहरुको संख्या हेर्दा महिनामा २२ देखी ३० जनाको हाराहरीमा मान्छे गर्भपतन गराउन पुग्ने गरेको देखिन्छ । गर्भपतन गराउन जाने २५ जना मध्ये १५ जनामा जटिलता÷समस्या भएपछी मात्र अस्पताल आउने गरेको स्वास्थ्यकर्मी गिता सुरी बताउछिन् । नेपाल सरकारले सुरक्षित गर्भपतन गर्नलाई ४ वटा औषधिहरु ‘प्रेग्नोट किट’, ‘एम.टी.पी किट’, ‘मिस्टोल’ र ‘मेडाबोन’ लाई मात्र मान्यता दिएको छ, तर गर्भपतन गर्न सयौं प्रकारको औषधिको प्रयोग हुने गरेको छ ।

परिवार नियोजन संघ धनुषाको शाखा प्रबन्धक मुरारी उपाध्यायका अनुसार परिवार नियोजन संघले गर्भपतन surgical abortion १२ सयमा र medical abortion  सयमा गर्दै आएको जुन शुल्क नेपाल सरकारको नियम भन्दा पनि कम रहेको छ । गर्भपतन गर्दा चिकित्सकको सल्लाह विना औषधि खानेहरुको पैसा पनि धेरै लाग्ने र ज्यान समेत असुरक्षित हुने गरेको संख्या धेरै रहेको उनको भनाई छ ।

न्युन तथ्यांक

प्रदेश स्तरको तथ्यांकमा समेत सुरक्षित गर्भपतन गराउनेको संख्या न्युन देखिन्छ भने गर्भपतन गर्दा हुने ‘कम्पलीकेशन्स’पछी उपचार गराउन आउनेको संख्या बढि देखिएको छ ।प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा प्रदेश २ मा गर्भपतन जटिलताको लागी उपचार गरिएको महिलाहरुको संख्या २०७४÷७५ मा ३५२, ०७५÷७६ मा ५६६ र ०७६÷७७ रहेको छ, भने पछिल्लो वर्ष यसको संखयामा कमी आई ४१४ मा झरेको देखिन्छ । प्रदेशमा जिल्लाको तथ्यांक केलाउँदा पर्सामा सबभन्दा बढि ‘केस’ देखिन्छ ।

पर्साको ०७४÷७५ मा १८१, ०७५÷७६ मा १६२ रहेको छ, भने पछिल्लो वर्ष यसको संख्यामा कमी आई ९१मा झरेको छ । यस्तै, सप्तरीमा विगत ३ वर्षको तथ्यांक बढ्दै गरेको पाईएको छ, ०७४÷७५ मा ४६, ०७५÷७६ मा १७२ र ०७६÷७७ मा १६२ पुगेको छ । भने सिरहामा ०७४÷७५ मा ६४, ०७५÷७६ मा १०३ र ०७६÷७७ मा ९९ रहेको छ, भने धनुषाको संख्या एकदमै न्युन हुँदा पनि पछिल्लो वर्ष यसमा बृद्धि भएको छ । धनुषामा गर्भपतन गराउँदा जटिलता भएपछी स्वास्थ्य संस्थामा सम्म पुग्ने महिलाको ०७४÷७५ को तथ्यांक १ मात्रै छ, भने ०७५÷७६ मा ५ र पछिल्लो वर्ष ०७६÷७७ मा यसमा वृद्धि भई ४२ पुगेको देखिन्छ ।

स्वास्थ्य सुविधा मेडिकल प्रेरित प्रक्रियाद्वारा गर्भवास्थाको समापनको २०७४÷७५ को ८ वटै जिल्लाको तथ्यांक २३.७८ प्रतिशत देखिन्छ, २०७५÷७६ को तथ्यांक हेर्दा ३०.३४ प्रतिशत देखिन्छ भने २०७६÷७७ तथ्यांक २१.५४ प्रतिशत रहेको छ । प्रदेशमा भने ०७४÷७५ मा २.९, ०७५÷७६ मा ३.८ र ०७६÷७७ मा ३ रहेकोछ ।

प्रदेश २ को गर्भपतन सेवा प्राप्त गर्ने २० वर्ष मुनिको महिलाको अनुपात हेर्दा०७४÷७५ मा ९.४, ०७५÷७६ १३.७ र ०७६÷७७ मा १४.७ रहेको छ । भने प्रदेशको महोत्तरी जिल्लामा ०७४÷७५ मा ३१.५, ०७५÷७६ मा २२.६ र पछिल्लो वर्ष ०७६÷७७ मा २८.२ रहेको छ । सुरक्षित गर्भपतन बारे शिक्षा अभाव तथा जनचेतनाको कमीले गर्दा महोत्तरीमा २० वर्ष मुनिको बढि किशोरीहरुले गर्भपतन गराएको देखिन्छ ।

माथिको तथ्यांकहरु केलाउँदा सुरक्षित भन्दा असुरक्षित गर्भपतन गरिने, गराउने को संख्या बढि देखिन्छ । यस पछाडीको कारण सुरक्षित गर्भपतन सम्बन्धी जनचेतनाको कमी र विद्यालय तथा घरमा यौनशिक्षाबारे खुलेर कुरा नगर्नु र अध्ययन अध्यापन नगराउनु हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *