TodayPati

प्रदेश २ सहित हरेक निर्वाचन क्षेत्रमा एकैसाथ प्रधानमन्त्री ओलीले आज १ सय ६५ सडक शिलान्यास गर्दै

टुडेपाटी-

जनकपुरधाम, चैत २१ गते ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ ।

Sponsored

स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।

Sponsored

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *