TodayPati

सिरहामा गाडीको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु, ठक्कर दिने गाडी फरार

टुडेपाटी-
सिरहा, चैत १२ गते ।

सिरहामा गाडीको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

कर्जन्हा नगरपालिका-११ बगहास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको हो ।

Sponsored

ठक्कर दिएलगत्तै गाडी फरार भएको छ । मृतकको पहिचान पनि हुन बाँकी रहेको मिर्चैया प्रहरीले जनाएको छ ।

टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *