TodayPati

प्रदेश २ : आधा शरीर जलेको अवस्थामा महिलाको शव भेटियो

टुडेपाटी-
रौतहट, चैत १२ गते ।

रौतहटमा एक महिलाको शव आधा शरीर जलेको अवस्थामा फेला परेको छ । रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा बिहीबार बिहान पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।

नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्दिविक्रम शाहले जानकारी दिए ।

Sponsored

घटना शंकास्पद भएकोले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न एसपी साहले अनुरोध गरे ।

मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *