TodayPati

हत्या गरेर बाटोमै गाडेको अवस्थामा भेटियो बेपत्ता झा दम्पतीको लास

टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।

ओछ्यानसहित बेपत्ता भएको एकमहिना पश्चात महोत्तरीको पीपराका झा दम्पतीको हत्या गरेेर गाडेको अवस्थामा शव फेला परेको छ । दुबैजनको शव गाडेको अवस्थामा पिरपरा गाउँपालिकाको वडा नं. २ स्थित अतरा जानेबाटोमा बिहीबार फेला परेको हो ।

गएको फागुन ११ गते राति पीपरा गाउँपालिका ५ सहोडकाबाट ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए । व्यापक खोजतलासको क्रममा झा दम्पतिको शव निर्माणधिन सडकमै गाडेको अवस्थामा फेला परको हो ।

शव भेटिएको ठाउँ पीपरा बजारबाट अतरा जानेबाटोको डाईभर्सन भएको ठाउँमा छ । सडक निर्माण अन्तर्गत दोश्रो चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुबैजनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो ।

Sponsored

प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि लग्ने तयारी गरको छ । झा दम्पतिकै जस्तै शव देखिएपनि अनुसन्धान र पोस्टमार्टम पश्चात मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बेपत्ता पारेको आशंकामा केहिदिन अघि ३ छिमेकसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *