TodayPati

धनुषा र सप्तरीमा पोखरीमा डुबेर २ जना बालबालिकाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

धनुषा र सप्तरीमा पोखरीमा डुबेर दुईजना बालबालिकाको ज्यान गएको छ ।
धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको हो ।

घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

Sponsored

त्यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *