TodayPati

वीरगञ्जबाट लागुऔषधसहित नेपाली प्रहरीको फन्दामा

टुडेपाटी-
पर्सा, चैत ९ गते ।

वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका ८ बस्ने २६ वर्षीय शिव नेपाली छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटेको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध डाईजोपाम, नुर्फिम र प्रोमाथाईजिनसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

Sponsored

प्रहरीले आशंकाको आधारमा उनले बोकेको झोलालाई चेकजाँच गर्दा ६३ एम्पूल, नुर्फिम ६२ एम्पूल र प्रोथाईजिम ६३ एम्पूल गरी जम्मा १८८ एम्पूल फेलापारी पक्राउ गरिएको खनालले बताए ।

पक्राउ परेका नेपालीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *