प्रदेश २ : १७ वर्षीया युवतीलाई पटक-पटक करणी गरे, गर्भ बोकाएर भागेको युवकलाई प्रहरीले समात्यो
टुडेपाटी-
जनकपुरधाम, चैत २ गते ।
प्रदेश २ को बारा जिल्लामा एक किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ ।
घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Sponsored
२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।