सप्तरीमा करणी गरी गर्भवती बनाउने एक युवक पक्राउ
टुडेपाटी-
सप्तरी, फागुन २३ गते ।
सप्तरीमा बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् । विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँ पक्राउ परेको छ ।
आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो ।
आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाइ ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताए ।
पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
Sponsored
बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो ।