TodayPati

आईपीएलको पहिलो खेल विश्वकै ठूलो स्टेडियममा मुम्बइ र बेङ्ग्लोरबीच हुने

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । आईपीएल गभर्निङ काउन्सिल आइतवार जारी गरेको तालिका अनुसार पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर भिड्ने छन् ।

प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बइ र कोलकतामा हुनेछन् । पहिलो खेलमा अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियम-नरेन्द्र मोदी स्टेडियम- मा ९ अप्रिल २०२१ मा मुम्बइ र बेङ्ग्लोर भिड्ने भएका छन् ।

Sponsored

त्यस्तै प्रतियोगिताको अन्तिम खेल ३० मेमा सम्पन्न हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *