TodayPati

प्रदेश २ : बस धनीलाई अपहरण गरी भारतमा बेच्न खोज्ने जगदिश १४ वर्षपछि प्रहरीको फन्दामा

टुडेपाटी-
बारा, फागुन २१ गते ।

बारामा अपहरण मुद्दाका एक फारार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका ८ बस्ने ४६ वर्षीय जगदिश दास छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले बस धनीलाई अपहरण गरी भारतमा बेच्न खोजेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

Sponsored

पक्राउ परेका दाससहितका ब्यक्तिहरुले २०६३ साल मंसिर २१ गते साँझ बाराको करैया पुलमा पुलमा काठमाण्डौंबाट आएको बा २ ख ६४१ नम्बरको दिवा यात्रुबाहक बसलाई रोकेर बसधनीलाई अपहरण गरी लगेका थिए ।

दाससहितका ब्यक्तिहरुले कटुवा बन्दुक देखाई बसका धनी खोटाङ्गको दिक्तेल २ घर भइ भक्तपुर मध्युपुर ठिमि नगरपालिका १५ मा बस्ने तारा कुमार खत्रीलाई अपहरण गरी उनको साथमा रहेको नगद, मोबाइल र घडी समेत लुटेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

खत्रीलाई दासले अपहरण गरि आफनो घरमा राखी फिरौती माँग्ने र नदिए भारतमा लगि बेच्ने योजना बनाएका थिए । तर,खत्री अपहरणकारीको आँखा छली भाग्न सफल भएका थिए ।

Sponsored

जिल्ला प्रहरी कार्यालयले दास बिरुद्ध मानव बेचबिखन तथा ओसार९नियन्त्रण० ऐन, २०६४ अन्तर्गत दर्ता गरेको उनले बताए ।

पक्राउ परेका दासविरुद्धको मुद्दामा अदालतबाट म्याद थप गराइ कारवाही प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *