TodayPati

प्रचण्ड नेकपा दाहाल-नेपाल समूहको दोस्रोपटक संसदीय दलको नेता चयन

टुडेपाटी-
काठमाडौं, फागुन २१ गते ।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रोपटक संसदीय दलको नेता चयन गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ८ गते दाहाल(नेपाल समूहले ओलीलाई हटाउँदै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

Sponsored

संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले पुस ५ पछिका विघटन सम्बन्धी सबै निर्णय खारेज गरेपछि पुस ८ को निर्णय पनि अवैध भएको थियो ।

आज सिंहदरवारमा बसेको दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले दोस्रोपटक प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

प्रचण्डलाई सो समूहका अध्यक्ष माधव नेपालले प्रस्ताव गरेका थिए भने समर्थक पम्फा भुसाल थिइन् ।

Sponsored

दाहाल नेपाल समूहले बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरेको छ । हस्ताक्षर भने सार्वजनिक भएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *