TodayPati

८ लाख घुस फालेर भागेका बटेश्वर गापा अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।

अख्तियारले पछ्याएपछि आठ लाख रुपैयाँ घुस फालेर भागेका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत अझै पक्राउ पर्न सकेका छैनन् ।

रकम फालेर भागेको चारदिन बितिसक्दा समेत अध्यक्ष राउत अहिलेसम्म पक्राउ पर्न सकेको छैन । उनी घुस रकम फालेर भागेदेखि निरन्तर अख्तियार र प्रहरीले खोजविन गरिरहेका छन् ।
गएको फागुन १७ गते साँझ अख्तियारले पछ्याएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित औरही खोलाको किनारमा ८ लाख रुपैयाँ फाल्दै गाडीबाट हाम फालेर भागेका थिए ।

Sponsored


सेवाग्राहीसंग ८ लाख रकम घुस बापत लिएपछि उनलाई धनुषाको महेन्द्रनगरबाट अख्तियार दरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालको टोलिले पछ्याएको थियो ।

अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले छापा मार्दा उनी चढेको गाडीबाट ८ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको थियो ।

गाउँपालिकाका सवारी चालक विरबहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित बाटोमा जाँच गर्दा ८ लाख रुपैयाँ फेला परेको थियो । गाडीमा जाँच गर्न लागेपछि अध्यक्ष क्षेत्री भने भागेका थिए ।

Sponsored

फरार अध्यक्ष राउतलाई खोज्न अख्तियारले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सुखवा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिको समेत सहयोग लिएको थियो । व्यापक खोजतलास गर्दा समेत क्षेत्री अहिले सम्म फेला परेका छैनन् ।

राति झण्डै १ बजे स्थानीय र जनप्रतिनिधको रोहबरबमा सम्पूर्ण प्रमाणसहित मुचुल्का बनाएका थिए । अख्तियारले नियन्त्रणमा लिएको गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवलाई जिम्मामा दियो भने चालक र बरामद रकम अख्तियारको टोलीले आफ्नो नियन्त्रणमा लिएर बर्दिबास फर्केको थियो । फरार अध्यक्ष क्षेत्रीको खोजी कार्य भइरहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

आफू चढेको गाडीबाट क्षेत्री हामफालेर भागेपछि स्थानीयमा अख्तियारप्रति विभिन्न शंका उब्जेको छ ।सोही भष्ट्राचारको बिषयलाई लिएर नेपाली काँग्रेसले बटेश्वर गाँउपालिकामा बिरोध प्रर्दशन गरेको छ । प्रर्दशन गाँउपालिका संयोजक रामदयाल महतोको नेतृत्वमा भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *