TodayPati

वीरगञ्ज कारागारमा रहेका भाइका लागि जुत्ताभित्र दाइको चरेस कोसेली, प्रहरीले गर्‍यो पक्राउ

टुडेपाटी-
वीरगञ्ज, फागुन १८ गते ।

वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एकजनालाई लागूऔषध चरेससहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् ।

लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् ।

Sponsored

कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा मिङमा पक्राउ परेका हुन् । मिङमाले प्लाष्टिकको झोलाभित्र राखेर भाइको लागि भनेर ल्याएको स्पोर्ट्स जुत्ताको तलुवाभित्र करिब १० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नावय उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका शेर्पालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *