TodayPati

दोभान बजारमा भीषण आगलागी, ४० घर जल्यो, आगो नियन्त्रण बाहिर

टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।

ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म चालीसभन्दा बढी घर जलेको छ ।

मंगलबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

Sponsored

उनले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताए । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ ।

आगलागी के कसरी भएको हो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार दोभानमा काठले बनेका कच्ची घरहरु धेरै छन् भने बाटो पनि साँघुरो छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *