TodayPati

सरकारसँग वार्ता गर्न विप्लव समूहको वार्ता टोली गठन, संयोजकमा विश्वकर्मा

टुडेपाटी-
काठमाडौं, फागुन १८ गते ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको भूमिगत विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लवले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ ।

Sponsored

सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा तीन–सदस्यीय वार्ता टोली गठन गरेको छ ।

‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने ।

वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेको उनले बताए । अर्का सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन् ।

Sponsored

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन् ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *