TodayPati

सप्तरीमा ५६ वर्ष पहिलाका डाँका मुद्दामा वृद्ध जेल चलान

टुडेपाटी-
सप्तरी, फागुन १६ गते ।

सप्तरीमा ५६ वर्ष पहिलाका मुद्दामा ७० वर्षीय वृद्ध जेल चलान भएका छन् ।

जिल्ला अदालत सप्तरीले आइतबार ७० वर्षीय श्रीलाल यादवलाई डाँका र जालसाजी मुद्दामा कारागार चलान गरेको हो ।

Sponsored

उनीविरुद्ध जिल्ला अदालतले २०२३ साल भदौ ३ गते डाँका मुद्दामा १० वर्ष र २०२१ साल जेठ १९ गते जालसाजी मुद्दामा ६ महिना कैदको फैसला गरेको थियो ।

सुरैतलाल यादवले उनीविरुद्ध डाँका र जालसाजी मुद्दा दायर गरेका थिए ।

श्रीलाल यादवलाई ५६ वर्षपछि प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

Sponsored

सोही दिन प्रहरीले अदालतमा पेश गरेको थियो । आइतबार अदालतले कैद भुक्तानको लागि कारागार पठाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *