सप्तरीबाट लागूऔषधसहित तीन युवक प्रहरीको फन्दामा
शुभ नारायण यादव-
सप्तरी, फागुन १० गते ।
सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागूऔषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ ।
भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका—१ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र सोही उमेरका करण तामङ छन् । उनीहरुको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएको उहाँले बताउनुभयो ।
यता लागूऔषधसहित पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानका लागि प्रहरी चौकी तिलाठीको जिम्मा लगाइएको सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट बीओपी तिलाठीले जनाएको छ ।
Sponsored