प्रदेश २ प्रमुख झालाई जन्मथलोमा २०१ किलोको मालाले स्वागत
टुडेपाटी-
रौतहट, फागुन १० गते ।
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’लाई आगफ्नो जन्मथलोमा दुईसय एक किलोको फूलको मालाले स्वागत गरिएको छ ।
उनी जन्मिएको गाउँ रौतहटको गढीमाई नगरपालिका—४ सुन्दरपुरमा सोमबार २ सय १ किलोको मालाले झालाई स्वागत गरिएको हो ।
सोमबार जन्मथलो पुगेका झालाई गढीमाई नगरपालिकाका मेयर पश्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले दुई सय एक किलोको माला पहिराएर स्वागत गरेका हुन् ।
गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश २ प्रखुमा नियुक्त भएका झा आइतबार जनकपुर आएर पदभार ग्रहण गरेका थिए ।
उनी प्रदेश प्रमुख भएपछि पहिलोपटक जन्मगाउँ पुग्दा भव्य स्वागत गरिएको छ ।
Sponsored
प्रदेश प्रमुख झाले गाउँका स्थानीयबासी, दौंतरी तथा अग्रजहरुले स्वागत तथा बधाई ज्ञापन गरेपछि आफूलाई खुसी लागेको बताएका छन् ।