भारतमा टिपरको ठक्करबाट नेपाली दम्पतीको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।
भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको ज्यान गएको छ ।
ज्यान जानेमा प्युठानको स्वर्गद्वारी नगरपालिका तापा–७ घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र उनकी श्रीमती मीनादेवी भण्डारी छन् ।
आइतबार राति पौने १२ बजेको समयमा आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस ०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा श्रीमान श्रीमतीको ज्यान गएको हो ।
दुर्घटना गराउने टिपर र चालकलाई पक्राउ गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएकोे जनाएको छ ।
ती दम्पती गएको नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका थिए ।
Sponsored