जेठको पहिलो साता एसईई लिने तयारी, प्रश्न-पत्र बनाउने काम सुरु
टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । अरु कक्षा जस्तै जेठ पहिलो साता एसईई परीक्षा लिने तयारी गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
उनले बोर्डले छिट्टै मिति तय गर्ने उनले जानकारी दिए । शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेपछि बोर्डले एसईई जेठ पहिलो साता लिने तयारी गरेको हो ।
एसईई परीक्षाका लागि फारम भर्ने काम सकिएको बताउँदै उनले जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण गर्ने बताए ।
खकुरेललका अनुसार एसईईका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्न-पत्र निर्माणको काम सक्न्थ्यिो । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको छ’ उनले भने ।
यसवर्ष एसईईमा करिब ५ लाख परीक्षार्थी सहभागि हुने परीक्षा नियन्त्रक खकुरेलको भनाइ छ ।
Sponsored
गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।