प्रदेश २ : ६ लाख घुस सहित मालपोत कार्यालयका प्रमुख र लेखनदास अख्तियारको फन्दामा
टुडेपाटी
जनकपुरधाम, फागुन ८ गते ।
मालपोत कार्यालय बाराको सिमराका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस सहित रंगेहात पक्राउ गरेको हो ।
जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।
जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।
Sponsored
उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।
दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसधन्धान भैरहेको अख्तियारले जनाएको छ ।