TodayPati

प्रेम अस्वीकार गरेपछि युवतीलाई पानीमा विष हालेर खुवाइदिए, दुई युवतीको मृत्यु, एक गम्भीर

एजेन्सी

जनकपुरधाम, फागनु ८ गते ।

भारतको उत्तर प्रदेशमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक युवकले दलित युवतीको हत्या गरेका छन् ।

Sponsored

आफ्नो प्रेम अस्वीकार गरेपछि उनले प्रेमिकालाई पानीमा कीटनाशक मिसाएर खुवाइदिएको हो ।

आफ्नी हुन नसके कसैकी पनि नहोस् भन्ने अत्यन्त घृणित विचार पैदा भएपछि युवकले एकतर्फी प्यारमा फसेका युवकले उक्त घटना गराएका हुन् ।

उन्नाव गाउँमा एक दलित बालिकालाई एकतर्फी प्रेम गरेको युवकले पानीको बोतलमा कीटनाशक मिसाएको थियो । तर दुर्भाग्य त्यो पानी अनजानमा अन्य दुई बालिकाले पनि पिए ।

Sponsored

गाउँका १३, १६ र १७ वर्षीया बालिकाले उक्त विष शेवन गरेका थिए ।

उनीहरु १७ फेब्रुअरीमा बबुरहा गाउँको खेतमा संदिग्ध हालतमा भेटिए ।

दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको गम्भीर अवस्थामा कानपुरमा उपचार भइरहेको छ ।

आईजी रेन्ज लक्ष्मी सिंहका अनुसार यो घटनाका मुख्य आरोपी पाठकपुरा गाउँका विनय हुन् । अर्का आरोपी नाबालिग हुन् ।

सोधपुछको क्रममा क्रममा विनयले आरोप स्वीकारेका छन् । लकडाउनका क्रममा भएको मित्रतालाई विनयले प्रेममा बदल्न खोज्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *