TodayPati

मधेसका यी २७ वटा ठाउँलाई आधुनिक सहर र चार सहरलाई ‘स्मार्ट सिटी’ बनाइँदै

टुडेपाटी-

जनकपुरधाम, फागुन ८ गते ।

तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटीसहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार काम अघि बढाइएको छ ।

Sponsored

मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग हुँदै तराई, पहाड र हिमाली क्षेत्रमा नयाँ सहर तथा स्मार्ट सिटी बनाउनलागिएको हो।

सहरबाट स्मार्ट सिटीमा विकास गर्न लागिएका ठाउँ सहरभन्दा बढी सुविधा सम्पन्न बनाइने छ। नयाँ विकास गर्न लागिएका सहर सामान्य सुविधासहित गाउँलाई सहरीकरण गर्न खोजिएको हो।

प्रत्येक सहर विकास गर्न कम्तीमा ५ देखि २० वर्ष लाग्ने अनुमान छ।

Sponsored

नयाँ आधुनिक सहरहरुको लागि सरकारले २०७४÷०७५ देखि नै वार्षिक रुपमा करिब २ अर्ब हाराहारीमा बजेट विनियोजन गर्दै आएको छ।

चालू आर्थिक वर्षमा प्रत्येक सहरको भूगोलको सूचना संकलन, व्यवस्थापन र विश्लेषण गर्न प्रयोग गरिने जीआईएस म्याप, भवन निर्माण मापदण्ड तथा गुरुयोजनासहित ४५ वटा सहरहरुको विस्तृत इन्जिनियरिङ प्रतिवेदन र लागत अनुमान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सरकार जुनसुकै आएपनि पूर्वाधार निर्माणको काम नरोकिने हो भने अबका केही वर्षभित्रै १३ स्मार्टसिटीसहित ५० आधुनिक सहरको नयाँ नेपाल देख्न सकिने छ।

५० मध्ये २७ नयाँ सहरको इन्टिग्रेटेट डेभलपमेन्ट प्लानिङ (आईडीपी) अर्थात् एकीकृत विकास योजना तयार भएको छ।

२७ नयाँ सहरमा १२ वटा मध्यपहाडी लोकमार्गमा अवस्थित छन्।

नेपालको आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेशमा १५ सहर निर्माणको कार्य अघि बढेको छ। खासगरी आधारभूत पूर्वाधारमा कमजोर रहेको र जनताको जीवनस्तर उकास्न तराई मधेशमा यी सहर निर्माण गरिनलागेको हो।

त्यस्तै, हुलाकी लोकमार्गसँग जोडिएर १० सहर निर्माण हुनलागेका छन्। यसमा झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनहरा, सर्लाहीको ब्रह्मपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, कैलालीको भजनी र कञ्चनपुर बेलौरीमा सहर बन्दै छन्।

तराई–मधेशमै हुलाकी लोकमार्गसँग नजोडिएका विभिन्न स्थानमा ५ सहर बन्नेछन्। यसअनुसार सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटहरीया, दाङको गढवामा सहर निर्माण हुँदै छन्।

सबै गरी तराई मधेशमा मात्रै २७ वटा नयाँ सहरहरुको आईडीपी तयार भई कार्यान्वयनको चरणमा रहेको विभागले जनाएको छ।

१३ वटै स्मार्टसिटीको गुरुयोजना तयार

त्यस्तै, १३ वटा स्मार्टसिटीको गुरुयोजना पनि तयार भएको छ।

सरकारले आर्थिक वर्ष २०७३र०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा बाराको निजगढ, गोरखाको पालुङटार र रुपन्देहीको लुम्बिनीमा स्मार्टसिटी निर्माण गर्ने अवधारणा अघि सारेको थियो।

एक वर्षपछि फेरि २०७४र०७५ मा प्रादेशिक सन्तुलन र जनसंख्याको आधारमा १० नयाँ स्मार्टसिटी थप भयो।

जसमा सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, स्याङ्जाको वालिङ, धनकुटाको धनकुटा, चितवनको भरतपुर, कैलालीको टीकापुर र काभ्रेपलाञ्चोकको काभ्रेमा स्मार्ट सहर बन्दै छन् ।

हाल १३ वटै स्मार्टसिटीको मास्टर प्लान (गुरुयोजना) तयार भई कार्यान्वयनको चरणमा छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *