महोत्तरीमा घर पलाष्टर गर्ने क्रममा करेन्ट लागेर एक मिस्त्रीको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, माघ २९ गते ।
महोत्तरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
बुधवार साँझ बर्दिबास नगरपालिका ३ गौरिडाडा बस्ने निखिल कुमार अग्रवालले बनाउदै गरेको टायल मारबल गोदाम घर निर्माण गर्ने क्रममा दोलखा घर भएका बर्ष ५५ को राजु कुमार मगरलाई करेन्ट लागेको थियो ।
घर पलाष्टर गर्ने क्रममा भर्याङबाट लडि बिधुतको मेन तारमा छोई मगरलाई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा बिहीवार विहानै जनसेवा अस्पताल बर्दिबासमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sponsored