TodayPati

सुध्रिएनन् प्रदेश २ सरकार, भ्रष्टाचार र गुणस्तरहीन काम गर्न अषाढे विकासलाई नै निरन्तरता दिने

टुडेपाटी-

जनकपुरधाम, माघ २९ गते ।

प्रदेश २ मा यसपाली फेरि अषाढे विकासले सार्थकता पाउने सम्भावना बढेर गएको छ ।

Sponsored

वर्षका १० महिनासम्म कर्मचारीको असहयोग र काम गर्न नदिएको भन्दै संघीय सरकारलाई दोष देखाउँदै समय खर्चिने प्रदेश सरकारले फेरि त्यस्तै रबैया अपनाएको देखिएको छ ।

गत दुई वर्षअघि अषाढे विकासमा लिप्त हुँदा भुक्तानी नै रोकिएपछि सांसद तथा उपभोक्ताबाट गाली खाएका प्रदेश सरकारले यसपाली समेत आफ्ना बानी सुधार गर्न सकेको छैन् ।

पदेश सरकारले जेठ–अषाढको अन्तिमतीर मात्र आर्थिक अनियमितता र गुणस्तरहीन काममा अधिकांस बजेट खर्चिने गरेको भन्दै प्रदेश सरकारको कडा आलोचना हुँदै आएको छ ।

Sponsored

जेठ–अषाढको अन्तिमतीर प्रदेश सरकारले विकासको नाउमा व्यापक ब्रह्मलुट मच्चाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको छ ।

प्रदेश सरकारले ९ महिनामा ९.९८ प्रतिशत बजेट मात्र खर्चिन सकेको छ । यस प्रदेशको कुल विनियोजित बजेट ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँ रहेको छ ।

यसमध्ये चालूतर्फ विनियोजित १५ अर्ब ४२ करोड २७ लाखमध्ये १ अर्ब ५९ करोड ५६ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगततर्फ विनियोजित १७ अर्ब ९७ करोड ८३ लाखमध्ये १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेश २ ले विनियोजित बजेटमध्ये ६ महिनामा चालूतर्फ १०।३५ प्रतिशत र पुँजीगततर्फ ९.०१ प्रतिशत खर्च गर्न सकेको हो । संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमतामा अपेक्षित सुधार नै आउन नसकेको औँल्याएको छ ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटका अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले सुधारका प्रयास हुँदाहुँदै पनि तीनै तहका सरकारको आयोजना कार्यान्वयन र खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आउन नसकेको औँल्याएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *