प्रदेश २ : तस्करी गर्न लागिएको सालको काठ प्रहरी नियन्त्रणमा, तस्कर फरार
टुडेपाटी-
रौतहट, माघ २७ गते ।
रौतहटबाट पाँच वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद भएको छ ।
रौतहटस्थित डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको सशस्त्र वन गस्ती टोलीले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै छ वटा साइकलमा छ वटा सालको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ २९ कयु.फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन ।
अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।
Sponsored
यसअघि सोमबार राति पनि बलुवा टोलको नहरबाट एकथान साइकल र गोलिया काठ ८ क्युफिट बरामद गरेको थियो ।
बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।