TodayPati

प्रेस युनियनका सप्तरी अध्यक्ष र केन्द्रीय सदस्यले दिए राजीनामा

शुभ नारायण यादव-
सप्तरी, माघ २६ गते ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झा र सप्तरीका अध्यक्षको पदमा पालेपालो गरी वर्तमान समितिको २ वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका रामनाराण विश्वासले पद परित्याग गरेका छन् ।

उनीहरुले सोमवार सामाजिक सञ्जालमार्फत नेपाल प्रेस युनियनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

युनियनमा गुटबन्दी भइरहेको आरोप लगाउँदै उनीहरुले गुटबन्दी स्वीकार्न नसक्ने उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका झा र पत्रकार महासंघका प्रदेश सचिव तथा जिल्ला अध्यक्ष समेत रहेका विश्वासले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुटबन्दी स्वीकार्न सकिँदैन्,असवैधानिक कामलाई काँध थाप्न सकिन्नँ ।,’ सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

Sponsored

उनी दुवै जनाले युनियनमा गुटबन्दी भइरहेको आरोप लगाएका छन् । यसैगरी पुर्व केन्द्रीय सदस्य सुमनकुमार मिश्र र प्रदेश पार्षद् रश्मि झाले पनि सोमवार प्रेस युनियनबाट राजिनामा दिएका छन् ।


नेपाल प्रेस युनियन सप्तरीमा रहेको दुई गुट मध्ये एक गुटका सम्पुर्ण सदस्यहरु समेत साधारण सदस्य समेत नरहने गरी नेपाल प्रेस युनियन परित्याग गर्ने लागेको श्रोतको दाबी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *